मंयकको शतकमा भारत सम्हालियो, कोहली र पुजारा ‘फ्लप’

काठमाडौँ । न्युजिल्यान्डसँगको दोस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली भारत राम्रो लयमा देखिएको छ । पहिलो इनिङमा भारतले राम्रो सुरूवात गरेको छ । टस जितेर पहिले ब्याटिङ थालेको भारतले पहिलो दिनको समाप्तिमा ४ विकेट गुमाएर २२१ रन बनाउँदा दिनको खेल समाप्ति भएको थियो ।

ओपनर मंयक १२० रनमा अविजित रहँदा उनलाई ऋदिमन साहले २५ रनमा साथ दिइरहेका छन् ।

भारतीय कप्तान विराट कोहली भने फेरि एकपटक फ्लप भए । उनी शून्य रनमा आउट भए । विराट टेस्ट फर्म्याटमा १४औं पटक शून्य रनमा आउट भएका हुन् ।  कप्तानका रूपमा विराट १०‌औं पटक शून्य रनमा पेभिलियन फर्किए ।

यो वर्ष विराट कोहली चाैथाे पटक शून्य रनमा आउट भए । कप्तानको रूपमा उनको यो घरेलु मैदानमा छैटौं शून्य रनसमेत हो ।

त्यस्तै चेतेश्वर पुजारा पनि शून्य रनमै पेभिलियन फर्किए । पुजारा टेस्टमा १०औं पटक शून्य रनमा आउट भएका हुन् । ओपनर शुभमन गिल भने ४४ रन बनाए । मंयक र शुभमनले पहिलो पटक ५० भन्दा धेरै रनको साझेदारी गरे । त्यस्तै श्रेयस अय्यरले १८ रन बनाए । न्युजिल्यान्डका लागि चारै विकेट अजाज पटेलले लिए ।

मंयकले १९६ बलमा आफ्नो टेस्ट करिअरको चाैथाे शतक प्रहार गरे । उनले १३ इनिङपछि शतक प्रहार गर्न सफल भए । उनको खराब फर्मका कारण उनलाई अस्ट्रेलिया भ्रमणमा शीर्ष ११ बाट ड्रप गरिएकाे थियाे । न्युजिल्यान्डसँगको कानपुर टेस्टमा पनि उनी राम्रो चल्न सेकेका थिएनन् । तर शुक्रबार भने उनले उत्कृष्ट पुनरागमन गर्दै शतक प्रहार गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *