फ्रेन्डसँगको हारबाट जोगियो थ्री स्टार

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार अन्तिम समयमा संभावित हारबाट जोगिएको छ । ललितपुरे डर्वीमा थ्री स्टार फ्रेन्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो । जितको खोजिमा भएपनि दुबै टीम अंक बाँड्न बाध्य भए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेले । दुबै टीमले गोलका सिमित अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् । फ्रेन्ड्सका प्रिजेन तामाङ र हेमन्त थापा मगरले गरेका गोलका केही प्रयास सफल भएनन् ।

यद्धपि दोस्रो हाफमा दुबै टीम थप आक्रमक भए । परिणामत: फ्रेन्डसले खेलमा अग्रता लियो । ५१ औँ मिनेटमा गार्सियाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । प्रकाश बुढाथोकीको क्रसलाई सदुपयोग गर्दै गार्सियाले टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा फर्कन आक्रमक बनेको थ्री स्टारले गोलका राम्रा अवसर निरन्तर बनायो । ७५ औँ मिनेटमा थ्री स्टारका सञ्जोग राइको प्रहार पोलमा लागेर बाहिरिंदा थ्री स्टार संभावित बराबरीबाट चुकेको थियो । यद्धपि ८२ औँ मिनेटमा थ्री स्टारका मिक्छेन तामाङले ऋतीक खड्काको पासलाई सदुपयोग गर्दै गोल गरे ।

खेलमा थ्री स्टारले अग्रता बनाउने प्रयासलाई अन्तिम सम्म कायम राख्यो । तर गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भयो । गोल रक्षक अघि बढेको मौकामा ८५ औ मिनेटमा ऋतीकले नै गरेको बल फ्रेन्डसका एन्थोनी पउलले गोललाईनबाट हेड गर्दै क्लियर गर्दा फ्रेन्डसको अन्तिम संकट टर्‍यो । फ्रेन्डसका ग्रासिया म्यान अफ द म्याच भए।

बराबरीपछि थ्रीस्टारले तालिकामा ३ खेलबाट ४ अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ । फ्रेन्डसको भने दुई अंकका साथ १० औ स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *