सोह्रखुट्टे नयाँबजारस्थित गार्मेन्ट गाेदाममा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१७ नयाँ बजार खुसिबु नर्सरीचोक स्थित एक गार्मेन्ट उद्योगमा शुक्रबार आगलागी भएको छ ।

कालीकोट घरभई स्थानीय लोहोछे महर्जनको एक तले घरमा जनम हमाल र ऐजना हमालले राखेको ब्याङकेट गोदाममा वेल्डिङ गर्ने क्रममा आगो लागेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको जुद्ध वारुण यन्त्रबाट खटिएको ३ वटा र नेपाली सेनाको एक गरी ४ वटा दमकलले ३ः३० बजे आगो नियन्त्रणमा लिएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *