बागमती प्रदेशका ६७ प्रतिशत नागरिकले लगाए पूर्ण खोप 

हेटौँडा । बागमती प्रदेशका २८ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको खोपको पूर्णमा मात्रा खोप लगाएका छन् । प्रदेशका २८ लाख ४० हजार ६८५ अर्थात् ६७ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका हुन् ।

प्रदेशको १३ जिल्लाका १८ वर्षभन्दा माथिका ८ लाख २२ हजार ९७२ जना कोरोना विरुद्धको खोपबाट वञ्चित छन् । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पाँच लाख ९५ हजार २० जनाले पहिलो मात्रा खोप लगाएका छन् । कोरोनाविरुद्ध भेरोसेल, कोभिसिल्ड, फाइजर र जोनसन खोप लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *