वार्टफोर्डमाथि टोटेनहमको सहज जित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै शीर्ष चारको दाबेदारी कायम राखेको छ । कोन्टेले समालेयता टोटेनहम तीन खेलमा अपराजित छ ।

१२ औँ मिनेटमा सेर्गी कानोसको आत्माघाती गोलमार्फत टोटेनहमले अग्रता लियो । दोस्रो हाफमा सन ह्युङ मिनको काउन्टर याट्याक गोल गर्दै टीमको सहज जित पक्का गरे ।

कोन्टेको प्रशिक्षणमा टोटेनहमले पहिलो खेलमा एभर्टनसँग गोलरहित बराबरी भएको थियो । त्यस्तै दोस्रो खेलमा लिड्स युनाईटेडलाई पराजित गरेको थियो भने तेस्रो खेलमा ब्रेन्टफोर्डमाथि जित निकाल्यो ।

लगातार अपराजित यात्रासँगै टोटेनहमले १५ खेलबाट २३ अंक बनाएर छैटौँ स्थानमा छ । चौथो स्थानको वेस्टह्यामको २४ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *