रोनाल्डोको ८०० औँ गोलमा युनाइटेड विजयी

काठमाडाैँ । म्यानचेस्टर युनाइटेड युनाईटेडका पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डोले आफ्नो करिअरको ८०० औँ गोल पुरा गरेका छन् । बिहीबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल विरुद्ध १ गोल गरेसँगै उनले कीर्तिमान बनाएका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनल विरुद्ध ३-२ को जित निकाल्न सफल भएको थियो । उक्त जितमा रोनाल्डोले दुई गोल गरेका थिए । खेलमा आर्सनलले १३ औ मिनेटमानै स्मिथ रोविको गोलमार्फत अग्रता लिएको थियो । रोविले गोलरक्षक ढलिरहेकव अवस्थामा गोल गरेपछि युनाइटेडका खेलाडीले विरोध गरेका थिए ।

तर रेफ्रिले भिएआर मार्फत चेक गर्दा आफ्नै खेलाडीसँग ठोकिएर गोलरक्षक लडेको देखिएपछि आर्सनलको उक्त गोलले मान्यता पाएको थियो ।

तर पहिलो हाफमानै खेललाई बराबरीमा ल्याउने क्रममा ४४ औ मिनेटमा युनाइटेडका बुर्नो फर्नान्डेसले बराबरी गोल गरेका थिए । दोस्रो हाफ खेलमा अग्रता बनाउने क्रममा रोनाल्डोले रासफोर्डको क्रसलाई सदुपयोग गर्दै युनाइटेडलाई अग्रता दिलाए भने करिअरको ८०० सयौं गोलको कोसेढुंगा समेत पुरा गरे ।

यद्यपि दुई मिनेट पछि नै आर्सनलले पुन खेल बराबरीमा ल्यायो । उसका लागि मार्टिन ओडगार्डले बराबरी फर्काए । युनाइटेडको जितमा भिएआरको निर्णय महत्वपूर्ण पुण बन्यो । ७० औँ मिनेटमा डिबक्समा ओडेगार्डले फ्रेडलाई लडाएपछि पेनाल्टी दिएको थियो । उक्त पेनाल्टीलाई रोनाल्डोले सदुपयोग गरेका थिए । जितपछि १४ खेलबाट युनाइटेड २१ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *