भारतमा पनि भेटिए ओमिक्रोन भेरियन्टका २ संक्रमित

काठमाडौँ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित फेला परेका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतको कर्नाटक राज्यका दुई पुरुषमा उक्त भेरियन्टको संक्रमण फेला परेको जानकारी दिएको हो ।

६६ र ४६ वर्षका ती दुई संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार मात्रै अमेरिकामा उक्त भेरियन्टका संक्रमित फेला परेका थिए ।

दक्षिण अफ्रिकाबाट फेला परेको उक्त भेरियन्ट अहिले विश्वका धेरै देशमा फैलिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =