गण्डकीसँग पराजित भएसँगै बाहिरियो प्रदेश एक

काठमाडौँ । काठमाडौंमा जारी यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश प्रदेश नम्बर एकलाई पराजित गरेको छ । फाइनल संभावना बलियो बनाउन जित्नै पर्नै खेलमा प्रदेश एक गण्डकीसँग १ विकेटले पराजित भएको हो ।

यससँगै प्रदेश एक प्रतियोगिताबाट बाहिरिएको छ । अब सुदुरपश्चिम र बागमती प्रदेशबीचको खेलपछि फाइनल पुग्ने अर्को टीमको टुंगो लाग्ने छ । विजयी भएमा सुदुरपश्चिम फाइनल पुग्नेछ भने बागमतीले सुदुरपश्चिमलाई पराजित गरे चार टीमको समान ६ अंक हुने छ । यस्तोमा बागमती र सुदुरपश्चिम मध्ये एक टीम फाइनलमा पुग्नेछन् ।

आजको खेलमा प्रदेश एकले गण्डकी प्रदेशलाई १ सय ३४ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ४४ ओभर ४ बलमा १ सय ३३ रन बनाएको थियो । गण्डकीले ७२ बल बाँकी हुँदा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । गण्डकीका लागि अर्जुन कुमालको ३५ रन सर्वाधिक रह्यो । दिपक डुम्रेले ३३ र मिलन क्षेत्रीले २४ रन जोडे ।

पहिलो ब्याटिङ गरेको प्रदेश १ का लागि दिपेश कँडेलको ४६ रन सर्वाधिक रहेको थियो । त्यस्तै दिपक जोशीले १६, विवेकानन्द मेहेताले १४ र सोनु अन्सारी १३ रन  बनाए । गण्डकीका कमल परियारले ३ तथा सुदिप अर्यालले २ विकेट लिए । त्यस्तै बिष्णु पाण्डे, किरन पौडेल तथा सुवाष भण्डारीले समान १-१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *