कांग्रेस केन्द्रीय सदस्यमा अब्दुल सत्तारकाे उम्मेदवारी घोषणा
२०७८ मंसिर १६ गते

काठमाडौँ ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अब्दुल सतारले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । गोरखाका सत्तारले मुस्लिम आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उनी नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष समेत हुन् ।
कांग्रेसको विधान अनुसार मुस्लिम आरक्षण तर्फबाट एक जना सहमहामन्त्री, दुई पुरुष सदस्य, एक महिला सदस्य गरी केन्द्रीय समितिमा चार जनाको प्रतिनिधित्व हुने व्यवस्था छ।
पार्टीका हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि आफूले केन्द्रमा गएर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सत्तार बताउँछन्। उनी गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्।
२०७८ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित








