उपाधि होडमा अग्रता बढाउँदै रियल

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले अंक तालिकामा आफ्नो फराकिलो अग्रता बढाउँदै लगेको छ । बुधबार राति भएको खेलमा करिम बेन्जामाको निर्णायक गोलमा एट्लेटिको बिलबाओलाई १-० ले पराजित गर्दै रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिड भन्दा ७ अंकको अग्रता कायम गर्न सफल भयो ।

घरेलु मैदानमा सान्टियागो बर्नेबेउमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जामाले ४० औ मिनेटमा लुका मोड्रिचको पासमा गरेको एकमात्र गोल निर्णायक बन्यो । बेन्जामाको यो जारी सिजन १७ औ गोल हो । भ्रमणकारी टोली बिलबाओले अन्तिम सम्म गोलका प्रयास गरेपनि बराबरी गर्न असफल भयो । विलबाओ हारसँगै पछिल्लो ६ खेलमा जितविहीन छ । २०२१ मा बेन्जामाले रियलका लागि सबै खाले खेलमा गरी ४६ खेलमा ३५ गोल गरेका छन् ।

स्पेनिस ला लिगामा १५ खेलबाट रियलको ११ जित ३ बराबरी र १ हार सहित ३६ अंक भएको छ । त्यस्तै एट्लेटिको म्याड्रिडको १४ खेलबाट २९ अंक हुँदा रियल सोसिडाडको पनि १५ खेलबाट २९ अंक नै रहको छ । त्यस्तै चौथो स्थानमा सेभिल्ला रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *