घरेलु मैदानमा पीएसजीको बराबरी

काठमाडौँ । पेरिस सेन्ट जर्मेइन (पीएसजी) घरेलु मैदानमा निससँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजी अप्रत्याशित बराबरीको सिकार भयो । जारी सिजन घरेलु मैदानमा पीएसजी पहिलो पटक गोलरहित बराबरीमा रोकिएको हो ।

फ्रेन्च लिग वान अन्तर्गत निसविरुद्ध लियोनेल मेसी र केलियन एम्बाप्पेले गरेका सबै गोल प्रयास असफल भए । नेयमारबिना मैदान उत्रिएको पीएसजीले गोलका लागि अनेकन प्रयास गरेको थियो । उसले निसको पोस्टमा २२ सट प्रहार गरेपनि गोल गर्न सकेन । पीएसजीले २२ सट प्रहार गरेरपनि गोल निकाल्न नसकेको यो २०१६ पछि पहिलो पटक हो ।

नेयमार भने एंकल इन्जुरीका कारण अब ८ साता मैदान बाहिर हुने छन् । बराबरीपछि पनि माउरिसियो पोचिटिन्होको पीएसजीले शीर्ष स्थानमा १२ अंकको अग्रता कायम राखेको छ । पीएसजीले खेलअघि आफ्ना अर्जेन्टिनी फर्वाड लियोनेल मेसीले सातौँ पटक जितेको बालोन डि’ओर समर्थक सामु राखेको थियो । त्यस्तै गोलरक्षक जियानलुइगी डनारुम्माले जितेकव सर्वश्रेष्ठ गोलरक्षक ट्रफि यशिन ट्रफि पनि समर्थक सामु सो गरिएको थियो ।

जारी सिजन पीएसजीको यो तेस्रो जीतविहीन यात्रा हो। २ खेलमा बराबरी खेलेको पीएसजीले १ खेलमा हार भोगेको छ । पीएसजीले अंक तालिकामा १६ खेलबाट ४१ अंक बनाएको छ । त्यस्तै दोस्रो स्थानको मारसेलिको १५ खेलबाट २९ अंक रहेको छ। त्यस्तै रेनेसको २८ अंक हुँदा चौथो स्थानको निसको २७ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *