त्रिभुवन विमानस्थलमा सटल बस सेवा सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनको आज शुभारम्भ गरेका छन् ।

विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीले मनोमानीरूपमा ग्राहकसँग लिँदै आएको पैसा रोक्न मन्त्री आलेले विमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सेवा सुरु गरेका हुन् । विमानस्थलमा यात्रु बोक्ने ट्याक्सीबाट ग्राहक ठगिएको गुनासो बढेपछि गोल्डेनगेट तथा उक्त गेटबाट आन्तरिक टर्मिनलभित्र यात्रु बोक्नका लागि उक्त बस सेवा सञ्चालन गरिएको हो ।

सेवा शुभारम्भ गर्दै मन्त्री आलेले स्वयं यात्रुवाहक माइक्रोबसमा बसेर यात्रा गरेका थिए । उनले यात्रुसँगै माइक्रोबसमा बसेर विमानस्थलको गोल्डेनगेटसम्मको यात्रा गरेका थिए । उक्त बस सेवा विमानस्थलको आन्तरिक हवाइसेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । निःशुल्क बस सेवासँगै वैदेशिक रोजगारमा जाने तथा विदेशबाट आउने श्रमिकका लागि विमानस्थलमा विश्रामस्थलको पनि व्यवस्था गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त निःशुल्क बस सेवा सञ्चालन गरेको हो । निःशुल्क बस सेवा सञ्चालन भएपछि यात्रुलाई सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *