एलआईसी काठमाडौँ शाखाको अभिकर्ता अभिमुखीकरण
२०७८ मंसिर १५ गते

काठमाडौँ । लाइफ ईन्स्योरेन्स कर्पोरेसन लिमिटेड नेपालको काठमाडौँ शाखाले अभिकर्ताहरूको अभिमुखीकरण सम्पन्न गरेको छ ।
बुधबार एलआईसी शिक्षालय नक्सालमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको शाखा प्रवन्धक मेघराज खनालले जानकारी दिए । वरिष्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर, अभिकर्तालगायतलाई कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत टी वर्णवाल, मार्केटिङ्ग प्रमुख ममता पौडेल, सूचना अधिकारी सुदर्शन गिरीलगायतले अभिमुखीकरण गराएका थिए ।
कार्यक्रममा कम्पनीका नयाँ योजना तथा व्यापार प्रवर्द्धनका बारेमा अन्तरक्रिया र अभिमुखिकरण गरिएको खनालले जानकारी दिए ।
२०७८ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








