ओमिक्रोनको डर

अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह

काठमाडौँ । सरकारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम नपरी विदेश भ्रमण नगर्न आग्रह गरेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

अहिलेसम्म ओमिक्रोन नेपालमा फेला नपरेकाले सावधानी अपनाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

नयाँ प्रजातिको भाइरस रोकथामका लागि परीक्षणको दायरा बढाइएको भन्दै मन्त्रालयले उचित सतर्कता अपनाई जनजीवनलाई सामान्य राख्न आग्रह गरेको छ ।

यसभन्दा अघि देखिएका भेरियन्टभन्दा संक्रामक भएको र जुनसुकै उमेर समूहमा पनि तुरुन्तै संक्रमण फैलन सक्ने भन्दै यसप्रति सचेत हुनसमेत मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *