सुदूरपश्चिमद्वारा प्रदेश एक पराजित, फाइनल सम्भावना कायमै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले काठमाडौँमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । प्रदेश एकले दिएको ९० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ११४ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गर्‍यो । यो नतिजासँगै कर्णाली बाहेक बाँकी सबै टीमको फाइनल सम्भावना कायम रहेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले अंकित सुवेदीको ६१ रनको अर्धशतकीय इनिङका बाबजुद ९० रनमात्रै बनाउन सक्यो । सुवेदीबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् । सुदूरपश्चिमका लागि शेर मल्लले ४, नरेन्द्र साउदले ३ र कैला ऐरीले २ विकेट लिए ।

सुदुरपश्चिमको सुरुवात खराब भए पनि ३१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । सुदूरपश्चिम लागि बसन्त कार्की र अर्जुन साउदले पाँचौं विकेटका लागि ७१ रनको अविजित साझेदारी गरे । त्यसअघि सुदूरपश्चिमले २३ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो ।

कार्की ३७ रनमा नटआउट रहँदा साउद ३२ रनमा अविजित रहे । दिपक टमाटाको १० रन बनाए । प्रदेश एकका लागि अभिनय राजवंशीले २ विकेट तथा श्रवण किस्कु र अंकित सुवेदीले १-१ विकेट लिए ।

सुरूवाती दुई खेलमा लगातार हार व्यहोरेको सुदूरपश्चिम प्रदेश त्ससपछिका तीन खेलमा जित निकाल्न सफल हुँदै ६ अंक बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *