आईपीएलमा यसपटक को को हुँदैछन् रिटेन ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलका टीमले आफ्ना केही खेलाडी रिटेन गरेका छन् । इएसपीएन क्रिकइन्फोका अनुसार पञ्जाव बाहेक सबै टिमले खेलाडी रिटेन गरेका हुन् ।

रिटेन गरिएका खेलाडी तिनै टिममा रहनेछन् । बाँकी खेलाडी अक्सनबाट लिनुपर्नेछ ।

यसपटक पञ्जावले भने कुनै खेलाडीलाई रिटेन गरेको छैन । अर्थात् उसले पूरै ९० करोड बजेटका साथमा सबै खेलाडी मेगा अक्सनबाट लिने तयारी गरेको छ ।

क्रिकइन्फोले रिटेन हुने खेलाडीको सूची नै सार्वजनिक गरेको छ । जसमा महेन्द्रसिंह धोनी, बिराट कोहली, केन विलियम्सनलगायत छन् ।

यी खेलाडी हुँदैछन् रिटेन

चेन्नई सुपर किंग्स : महेन्द्र सिंह धोनी, रविन्द्र जडेजा, ऋतुराज गायकवाड र मोइन अली ।

कोलकाता नाइट राइडर्स : सुनील नारेन, आन्द्रे रसेल, वरुण चक्रवर्ती र वेंकटेश अय्यर ।

सनराइजर्स हैदरावाद : केन विलयमसन ।

मुम्बई इन्डियन्स : रोहित शर्म र जसप्रित बुमराह ।

रोयल च्यालेन्जर्स बैंगलोर : विराट कोहली र ग्लेन म्याक्सवेल ।

दिल्ली क्यापिटल्स : ऋषभ पन्त, पृथ्वी स, अक्षर पटेल र एनरिक नोर्त्ज्या ।

राजस्थान रोयल्स : सन्जु सैमसन ।

रिटेनका विषयमा अहिलेसम्म कुनैपनि क्लबले आधिकारिक रुपमा मुख भने खोलेका छैनन् ।

के हुन्छ रिटेन प्रक्रिया

आगामी वर्ष हुने आईपीएलमा रिटेन्सन प्रक्रियाको आज अन्तिम दिन हो । आज सबै टिमले आफ्ना खेलाडीको लिस्ट बुझाउनुपर्नेछ ।  आईपीएल २०२२ मा पहिलो मेगा अक्सन हुन लागेको छ । यो पटक दुई नयाँ टीम थपिएसँगै मेगा अक्सन हुन लागेको हो । हरेक टीमले कुल चार जना खेलाडीलाई रिटेन गर्न सक्नेछन् । चार खेलाडीको रिटेन गर्ने खर्च ४२ करोड हुनेछ ।

अक्सनका लागि एक टीमको पर्समा ९० करोड हुनेछ । पहिलेबाट आईपीएलमा रहेका टीमले आज रिटेन गर्ने चार खेलाडीको नाम बुझाउनुपर्नेछ । बाँकी खेलाडी भने मेगा अक्सनबाट बोलि लगाउनुपर्नेछ । नयाँ टिमहरू लखनउ र अहमदावादले भने एकदेखि २५ डिसेम्बरसम्ममा तीन-तीन खेलाडीलाई अक्सन अघि नै अनुबन्ध गर्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *