पहिलो टेस्टमा पाकिस्तानद्वारा बंगलादेश पराजित

काठमाडौँ । घरेलु टोली बंगलादेशलाई पराजित गर्दै छिमेकी पाकिस्तानले शृंखलाको पहिलो टेस्ट जितेको छ । दुई खेलको टेस्ट शृंखलाको पहिलो खेलमा पाकिस्तान ८ विकेटले विजयी भएको हो । जितसँगै पाकिस्तानले १-० को अग्रता बनाएको छ ।

पहिलो इनिङमा अग्रता बनाएको बंगलादेश दोस्रो इनिङमा राम्रो प्रदर्शन गर्न असफल हुँदा पाकिस्तान विजयी भएको हो । २०२ रनको लक्ष्य पाकिस्तानले मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

यसअघि पहिलो इनिङमा बंगलादेशले ३३० रन बनाएको थियो भने पाकिस्तान २८६ रनमा समेटिएको थियो । तर दोस्रो इनिङमा बंगलादेशले लय समाउन नसके‍पछि १५७ रनमा समेटियो । बंगलादेशलाई सस्तैमा समेट्न पाकिस्तानका साहिन साह अफ्रिदीले ५ विकेट लिए ।

समग्रमा २०२ को लक्ष्य भेट्टाउन पाकिस्तानका अदिल अलीले सनसनीपूर्ण प्रदर्शन गरे । पहिलो इनिङमा १३३ रनको सानदार पारी खेलेका अदिलले दोस्रो इनिङमा ९१ रन बनाए । त्यस्तै अब्दुलाह सहपिकले ७३ रन जोड्दा अजर अली २४ र कप्तान बाबर अजाम १३ रनमा अविजित रहे ।

दोस्रो इनिङमा भने बंगलादेशका कुनै पनि ब्याटरले राम्रो रन बनाउन सकेनन् । पहिलो इनिङमा ११४ रन बनाएका लिटन दासले दोस्रो इनिङमा ५९ रन बनाए । यासिर अली ३६ रनमा रिटायर्ड हर्ट भएका थिए । यसबाहेक अन्य कुनैपनि खेलाडी क्रिजमा जम्न सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *