थप २ सय ५५ संक्रमित थपिदा २ सय ५६ निको भए

काठमाडौं । नेपालमा मंगलबार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ३ सय २९ पिसिआर परिक्षणका क्रममा २ सय ४५ जना र २ हजार १ सय ४० एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १६ हजार ८ सय ६४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कराण ११ हजार ५ सय २६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ सय ५६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २ हजार ९ सय ९ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ९ सय ३१ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *