जब रमेश प्रसाईँले छोरी स्पर्श गरे…

काठमाडौँ । प्रखरवक्ता तथा टेलिभिजन कार्यक्रम सञ्चालक रमेश प्रसाईँ दम्पत्तिकी छोरी जन्मिएकी छन् । रमेशकी श्रीमती नन्दाले  मङ्गलबार अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

रमेशले छोरीलाई पहिलो पटक स्पर्श गर्दाको खुसी शब्दमा बयान गर्न नसकिने बताए । उनले यस्तो विषय महसुसमात्रै गर्न सकिने बताउँदै त्यस्तो अभूतपूर्व अनुभूति यही क्षणमा मात्रै गर्न पाएको बताए । ‘कोही मानिस पहिलोपटक बाबु  बन्दैछ भने त्यो क्षणको अनुभूति उसले मात्र अनुभूत गर्न सक्छ, र त्यो अनुभूति पनि मानिसअनुसार भिन्न हुन्छ‚’ उनले मकालुखबरसँग भने ।

No description available.

छोरीलाई यो वा त्यो बनाउँछु भन्नेबारे आफूहरूले केही नसोचेको र अहिले नै सन्तान भविष्यमा के बन्ला भनेर सोच्ने समय नभएको समेत बताए  । अभिभावक भएको हैसियतले पृष्ठपोषण आफूले गर्न सके पनि उनको क्षमता उनी मै निर्भर हुने रमेशको भनाइ छ ।

प्रसाईँ  दृष्टिविहीन हुन् भने नन्दा अत्यन्तै नजिकको वस्तुमात्र देख्न सक्छिन् । छोरी जन्मिएको खबरसँगै रमेश र नन्दाका प्रशंसक र शुभचिन्तक खुशी भएका छन् भने उनीहरुलाई धेरैले बधाई दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *