कर्णालीमाथि बागमतीको एक विकेटको जित

काठमाडौँ । काठमाडौँमा जारी यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि १ विकेटको रोमाञ्चक जित निकालेको छ ।

लो स्कोरिङ खेलमा दुवे टीम गतिलो प्रदर्शन गर्न भने असफल भएका थिए । जारी प्रतियोगितामा बागमतिको यो पाँचौं खेलमा दोस्रो जित हो । मंगलबार मूलपानी मैदानमा भएको खेलमा कर्णालीमाथि १ विकेटको जित निकाल्न बागमती सफल भयो ।

टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले दिएको ७८ रनको कमजोर स्कोर बागमतीले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको थियो ।

कमजोर स्कोर पछ्याउने क्रममा बागमतीले पनि विकेट बचाउन भने अन्तिम समयसम्म संघर्ष गर्नु परेको थियो।

लगातार विकेट पतन भएपछि सहज लक्ष्य पनि बागमतीका लागि अन्तिम समयमा मुस्किल बनेको थियो । यद्यपि उसले खेल गुमाउनु भने परेन ।

बागमतीका लागि विवेक मगरको १८ रन सर्वाधिक रह्यो । त्यसबाहेक कृष्ण कार्कीले १२ रन बनाउँदा उतम मगरले ११ रनको योगदान दिए । बागमतिलाई कमजोर बनाउन अनुज चनराले ५ विकेट लिएपनि टीमको हार टार्न भने पर्याप्त भएन ।

त्यसअघि कर्णालीले पहिलो ब्याटिङ गर्दै केवल ७८ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान तथा ओपनर निश्चल रावलले १५ रन बनाउनु बाहेक अन्य खेलाडी चल्न सकेनन् । दोहोरो स्कोरका रुपमा विपिन रावलले १२ रन बनाउँदा सन्दिप साहिले १४ र रुपक दाहलले १० रन जोडेका थिए ।

कर्णालीलाई सस्तैमा समेट्न गौतम केसीले सर्वाधिक ४ विकेट लिए भने विशाल यादवले ३ तथा कृष्ण कार्कीले २ र विपुल खनालले १ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *