लिङ्देन भन्छन्- म उम्मेदवार बन्दा ‘दाइ’हरूले अपमानित हुनुपर्ने छैन
२०७८ मंसिर १४ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका ‘दाइ’हरूले अपमानित हुनु नपर्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूले नेतृत्वमा दाबी गरेको बताए ।
अहिलेकै अवस्थामा पार्टी अघि बढ्ने हो भने कुनै पार्टीको दलाली गरेर दुई‚ चारवटा मन्त्री खाने पार्टीमात्र हुने उल्लेख गर्दै उनले भने, ‘मेरो सपनाको त्यो पार्टी होइन, अब हामीले आँट नगरी भएन भनेर अघि बढेको हुँ ।’
२०७८ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








