नेपाल प्रहरीको नियमावली संशोधन

काठमाडौँ । नेपाल प्रहरीको नियमावली संशोधन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधनको निर्णय गरेको हो ।

सईबाट इन्स्पेक्टर तथा जवानबाट हवलदार बढुवामा १५ वर्षभन्दा लामो समय लाग्ने भएपछि बिचमा नयाँ पद थप्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गरेको थियो । सोही प्रस्ताव गृह मन्त्रालयले ५ महिना अघि स्वीकृत गरेको थियो । नियमावली स्वीकृत भएसँगै अब नेपाल प्रहरीमा वरिष्ठ नायब निरीक्षक, सहायक हवलदार र वरिष्ठ हवलदार पद थप हुने भएको छ । नियमावली कार्यान्वयन भएसँगै एकै पटक सिनियर सई र जवान एक तह बढुवा हुनेछन् ।

उनीहरूको ग्रेड ज्येष्ठताअनुसार नै कायम राख्ने गरी प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ । नियमावली संशोधनसँगै यसअघि कार्यालय सहयोगीको बढुवा नहुँदै आएको थियो । अब उनीहरूको पनि सेवा-सुविधा बढ्ने भएको छ । अब बढुवामा विभूषणको नम्बर गणना नहुने भएको छ । यस्तै नियमावली संशोधनपछि ज्येष्ठताबापत २२ नम्बर हुनेछ । जसअनुसार अब ज्येष्ठ प्रहरी अधिकृतहरू बढुवामा पर्ने सम्भावना धेरै हुन्छ ।

यस अघि बढुवाको सय पूर्णाङ्कमध्ये विभूषणबापत दुई नम्बर जोडिँदै आएको छ जसमा सबैभन्दा धेरै नम्बर ल्याउनेहरू बढुवामा सिफारिस हुन्छन् । सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्याङ्कन र २० ज्येष्ठताका आधारमा तय हुन्छ । भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा आठ, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत पाँच र बढुवा समितिले दिने ७.५ अंक हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *