भारतको घरेलु मैदानमा न्युजिल्यान्डको रोमाञ्चक बराबरी

भारत र न्युजिल्यान्डबिच जारी टेस्ट सिरिजको पहिलो खेलमा कानपुरमा न्युजिल्यान्डले रोमाञ्चक बराबरी गरेको छ। भारतले चौंथो दिन जितका लागि किवि टीम समक्ष २८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर अन्तिम दिन न्युजिल्यान्ड मैदानमा टिक्दा खेल बराबरी भयो। अन्तिम दिन न्युजिल्यान्डले ९ विकेट गुमाएर १६५ रन बनाएर क्रिजमा टिक्दा खेल बराबरी भयो।

न्युजिल्यान्डलाई खेल बराबरीमा ल्याउनका लागि रचिन रविन्द्र र एजाज पटेलको भुमिका महत्वपुर्ण रह्यो। उनीहरुले अन्तिम विकेट जोगाउन भरपुर प्रयास गरेका थिए। रचिनले ९१ बल खेल्दै १८ रन बनाएर विकेट जोगाए भने एजाजले पनि २३ बल खेल्दै २ रन बनाएर विकेट बचाए। अन्तिम विकेटका लागि यो जोडिले ५२ बलको साझेदारी गर्दै भारतलाई निरास बनाए।

अन्तिम सेशन रोमाञ्चक

अन्तिम सत्रको खेलमा भारतलाई जितका लागि ६ विकेट आवश्यक थियो। जहाँ न्युजिल्यान्डलाई खेल बराबरी गर्न ३१.५ ओभर ब्याटिङ आवश्यक थियो। भारतीय बलरले अन्तिम सत्रमा निकै दमदार प्रदर्शन गर्दे ६४.१ ओभर देखी ८९.२ ओभरको बिचमा एकपछि अर्को गर्दै लगातार ५ विकेट लिंदे खेल आफ्नो पक्षमा पारेका थिए। तर रचिन्द्र (४) र एजाज पटेल (२) ले १० औ विकेटका लागि ५२ बलको सामना गर्दै १० रन जोड्दै भारतको जित सपना पुरा हुन दिएनन्। जब भारतीय टीम अन्तिम विकेटको खोजिमा थियो। उक्त समयमा खराव प्रकाशकका कारण पटक-पटक खेल रोक्नु परेको थियो। यद्धपि अन्तिम समयमा खेल बराबरी गर्न किवि टीम सफल रह्यो।

दोस्रो इनिङमा रविन्द्र जडेजाले ४ विकेट तथा रविचन्द्र आश्विनले ३ विकेट लिएका थिए। कानपुरमा पछिल्लो ३ खेलमा ‌लगातार जितेको भारतको यो पहिलो बराबरी हो। भारत र न्युजिल्यान्ड बिच यो २७ औ बराबरी हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *