प्रधान न्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ। आज सोमबार बिहान स्वाब परीक्षण गर्दा प्रधान न्यायाधीश जबरालाई कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

हाल उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ। दाहालका अनुसार हप्ता दिनदेखि प्रधानन्यायाधीश जबरा अस्वस्थ थिए। अस्वस्थ रहेकाले प्रधानन्यायाधीश शुक्रबारअघि केही दिन सर्वोच्च आएका थिएनन् ।

आइतबार उनी अदालत आएका थिए। बलम्बुस्थित एपीएफ अस्पतालका प्रमुख डा. रूपक महर्जनले राणा सोमबार साँझ भर्ना भएको उनको उपचार सुरू गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *