गण्डकीद्वारा प्रदेश दुई पराजित

काठमाडौँ । काठमाडौँमा जारी यू-१९ राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले प्रेदश दुईलाई ५५ रनले पराजित गरेको छ ।

सोमबार मुलपानी मैदानमा भएको खेलमा १५६ रनको लक्ष्य पछ्याएको प्रदेश दुई १०१ रनमानै समेटिएपछि गण्डकीले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकीले अर्जुन कुमालको ४७ रनको योगदानमा मध्यम स्कोर तयार गरेको थियो ।

सुरुवातमा कुमाल बाहेकका ब्याटर टिकेनन् । तर पछिल्लो क्रममा सन्देश सुनारले २६ रन बनाउँदा सचिनराज अधिकारी र कमल परियारले १४-१४ रन बनाए भने प्रसान्त सिंहले १० रन बनाए ।

प्रदेश दुईका विवेक यादवले ५ तथा गुल्सन झाले ३ विकेट लिंदै गण्डकीको इनिङलाई मध्यम स्कोरमानै समेटे ।

तर १ सय ५७ रनको सामान्य स्कोर पछ्याएको प्रदेश दुई ब्याटिङमा भने निरीह रह्यो । उसका लागि तृततराज दासले ३१ रन तथा रोहन विकेले २३ रन बनाउनुबाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् ।

पछिल्लो क्रममा आएका आदिल अन्सारीले १९ र विवेक यादवले १० रन बनाए । गण्डकीलाई जिताउन कमल परियारले ५ विकेट लिए भने सुवास भण्डारीले ३ तथा किरण पौडेललेल २ विकेट लिए । प्रदेश दुईको यो दोस्रो हार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *