बैंककबाट चीन लगिएपछि माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार सुरु गरिएको थियो ।

उपचार सुरु गरेको चौथो दिनमा  नै नेता पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले मकालुखबरलाई जानकारी दिए । पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन)को मात्रा समेत घटेर १८ मा झरेको छ ।

यस अघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ ।

उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनका स्वकीय सचिव सन्तोषले बताए । वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *