इंग्लिस प्रिमियर लिगमा चेल्सी रोकियो, सिटी पछ्याउँदै

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी म्यानचेस्टर युनाईटेड सँग रोकिँदा त्यसअघि भएको खेलमा भने म्यानचेस्टर सिटी, लेस्टर सिटी तथा ब्रेन्टफोर्डले आ-आफ्नो खेलमा जित निकालेका छन्। जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अङ्क दुरी एक अङ्कमा झारेको छ।

उपाधि दाबेदार सिटीले वेस्टह्यामविरुद्ध पहिलो हाफमा नै अग्रता लियो । वेस्टह्याम युनाईटेडलाई २९१ ले पराजित गर्ने क्रममा सिटीले घरेलु मैदानमा गुन्डोनानको गोलबाट अग्रता लिएको थियो । उनले ३३ औँ मिनेटमा रियाद महारेजको क्रसलाई सदुपयोग गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । अधिकांश समय १-० को अग्रता बनाएको सिटीका लागि ९० औँ मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। तर वेस्टह्यामका लागि लान्जीनीले अतिरिक्त समयमा गोल गर्दै सिटीको क्लिन सिट हुनबाट रोकेका थिए।

प्रिमियर लिग अन्तर्गत नै आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीले वार्टफोर्डमाथि ४९२ को प्रभावशाली जित निकाल्यो। लेस्टरको जितमा जेमी भर्डीले दुई गोल गर्दा जोसहुवा किङले वार्टफोर्डलाई पेनाल्टीमार्फत एक गोल गर्दा अर्को एक गोल डेनिसले ६१ औँ मिनेटमा गरेका थिए। तर लोकमनले ६८ औँ मिनेटमा पुन गोल गर्दै लेस्टरको ४९२ को जित पक्का गरे। जितपछि लेस्टर १८ अङ्कका साथ नवौँ स्थानमा उक्लिएको छ।

त्यस्तै अर्को खेलमा ब्रेन्ट फोर्डले एभर्टनमाथि १-० को जित निकाल्दै प्रिमियर लिगमा पाँच खेल लामो जित प्रतीक्षा अन्त गर्‍यो। ब्रेन्ट फोर्डको मैदानमा एभर्टनको भने ७ खेल देखिको जितको प्रतीक्षा कायम रह्यो। एभर्टनलाई पराजित गर्नका लागि इभान टोनिले २४ औँ मिनेटमा पेनाल्टीमार्फत गरेको एक मात्र गोल निर्णायक भएको थियो।

चेल्सी र युनाईटेडले अङ्क बाँडे

इंग्लिस प्रिमियर लिगमा आइतबार नै भएको खेलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले अङ्क बाँडेका छन्। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बराबरी भएसँगै अब प्रिमियर लगमा उपाधि भिडन्त खुल्ला भएको छ।

युनाईटेडलाई  ५० औँ मिनेटमा सान्चोले गोल गर्दै सुरुवाती अग्रता दिलाए। तर चेल्सीलाई खेलमा फर्काउन जोर्गिन्होले ६९ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए।

बराबरीका बाबजुद चेल्सी शीर्ष स्थानमा कायम छ । १३ खेलको समाप्तिमा चेल्सीको ९ जित र ३ बराबरी र १ हार सहित ३० अङ्क भएको छ। दोस्रो स्थानको सिटीको २९ अङ्क भएको छ। तेस्रो स्थानमा रहेको लिभरपुलको २८ अङ्क छ। बर्नली र टोटन्ह्याम बिचको खेल भने अत्याधिक हिउँका कारण स्थगित गरियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *