नेपाललगायत पूर्वी एसियाका देशलाई सतर्कता अपनाउन डब्ल्युएचओको सुझाव

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नयाँ ‘भेरियन्ट अफ कन्सर्न’ ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्लूएचओको दक्षिण– पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढवा दिनुपर्ने बताएको छ ।

डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले उक्त क्षेत्रका अधिकांश देशहरूमा कोभिड– १९ संक्रमितहरुको संख्या तुलनात्मक रूपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको भन्दै अझै पनि सङ्क्रमणको जोखिम पूर्णरुपमा नहटेको जानकारी दिएका छन् ।

दक्षिण–पूर्वी एसियाका सबै देशहरूले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरूमाथि थप निगरानीका साथै नियन्त्रणका उचित उपाय अपनाउनसमेत डब्लूएचओले सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *