कांग्रेस काठमाडौँको सभापतिमा बानियाँ विजयी

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँ जिल्ला कार्यसमितिको सभापतिमा कृष्ण बानियाँ (सबुज) विजयी भएका छन् । प्रतिद्वन्द्वी उपेन्द्र कार्कीलाई ८६८ मत अन्तरले पराजित गर्दै सबुज विजयी भएका हुन् ।

उनले १९५७ मत ल्याए भने कार्कीले १०८९ मत ल्याएका छन् । उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी निर्वाचित भए भने सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी निर्वाचित भएका छन् ।

त्यस्तै नेपाली कांग्रेस काठमाडौँ सहसचिवमा रोमेल श्रेष्ठ र अमिता प्रधान निर्वाचित भएका छन् । काठमाडौँमा जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *