ए डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित

काठमाडौँ । विभागीय टिम नेपाल पुलिस क्लबले जारी सिजनको शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गर्दे पुलिसले पहिलो जित निकालेको हो ।

पुलिसको जितमा सुमन लामाले निर्णायक गोल गरे । खेलको ७०औँ मिनेटमा सब्सटिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुमन लामाले रवि पासवानको पासलाई सदुपयोग गर्दै गोल गरे ।

त्यसअघि दुवै टीमले गोलका धेरै अवसर चुकाएका थिए । पुलिसका मानबहादुर परियारको फ्रीकिकमा रवि पासवानले ६५औँ मिनेटमा गरेको हेड पोस्टमा लागेर बाहिरिएको थियो । लगत्तै ६७ औँ मिनेटमा जावलाखेलका सन्तबहादुर गुरुङको प्रहार पनि पोस्टमा लागेर फर्किँदा दुवै टीमले सुरूवाती गोलको अवसर चुकाएका थिए । जितसँगै पुलिसले २ खेलमा ४ अंक बनाएको छ ।

जारी लिगमा जावलाखेलको यो लगातार दोस्रो हार हो । राम्रो प्रदर्शनका बाबजुद जावलाखेल अभागी सावित हुँदै आएको छ । पहिलो खेलमा जावलाखेल मनाङसँग १-० ले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *