न्युजिल्यान्डलसामु भारतको २८४ रनको लक्ष्य

काठमाडौँ । न्युजिल्यान्डसँगको शृंखलाको पहिलो टेस्टमा भारतले २८४ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा चौथो दिन ७ विकेट गुमाएर २३४ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेपछि न्युजिल्यान्डले २८४ रनको लक्ष्य पाएको हो ।
पहिलो इनिङमा भारतले ३४५ रन बनाएको थियो भने न्युजिल्यान्ड २९६ रनमा अलआउट भएको थियो ।

चौथो दिन नै जवाफी ब्याटिङ थालेको न्युजिल्यान्डले दिनको खेल सकिँदासम्म ४ रन बनाएर १ विकेट गुमाएको छ । न्युजिल्यान्डका टोम लाथम २ तथा विलयम सोमररविल शून्य रनमा अविजित छन् । अब अन्तिम अर्थात् पाँचौं दिन न्युजिल्यान्डलाई जितका लागि २८० रन आवश्यक छ ।

चौथो दिन भारतको इनिङलाई समाल्न ऋद्धिमन साहको भूमिका महत्वपूर्ण रह्यो । विकेट किपर ब्याट्सम्यान साहले ११५ बलमा अर्धशतक पूरा गरे । उनले १२६ बलमा ६१ रन बनाए । आठौँ विकेटका लागि उनले अक्षर पटेलसँग ६७ रनको साझेदारी गरे । अक्षरले ६७ बलमा २८ रनको इनिङ खेले ।

पहिलो इनिङमा शतक प्रहार गरेका श्रेयस अय्यर दोस्रो इनिङमा पनि लयमा देखिए । अय्यरले १२५ बलमा ६५ रनको अर्धशतकीय इनिङ खेले । अय्यर डेब्यू टेस्टको दुवै इनिङमा ५० बढी रन बनाउने पहिलो भारतीय खेलाडी पनि बने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *