मेडिसिटीद्वारा फोक्सोको क्यान्सर इमेजिङ विषयक कार्यक्रम सम्पन्न

काठमाडौँ । फोक्सोकोे क्यान्सर इमेजीङ र यससंग सम्बन्धित विषयमा केन्द्रित रही शनिबार ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा एक दिवसीय सम्मेलनको आयोजना गरिएको छ ।

फोक्सोको क्यान्सर सचेतना महिना नोभेम्बरकै बीचमा अस्पतालको रेडियोलोजी विभाग तथा रेडियोलोजिष्ट संघद्वारा संयुक्त रुपमा आयोजना गरिएको सम्मेलनको उद्घाटन अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र नेपाल रेडियोलोजीष्ट संघका अध्यक्ष डा. हेन्सन खड्काले संयुक्त रुपमा गरेका थिए ।

देशका विभिन्न अस्पतालबाट रेडियालोजिष्ट तथा रेडियोलोजी आवासिय चिकित्सकहरु गरी कुल ५५ सहभागी रहेको कार्यक्रममा रेडियोजी विभाग प्रमुख प्राध्यापक डा. रामकुमार घिमिरे वरिष्ठ रेडियोलोजिष्टहरु, फोक्सो विशेषज्ञ, क्यान्सर विशेषज्ञका साथै अन्य विशेषज्ञहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

फोक्सो क्यान्सरको पहिचान, जाँच, र उपचार पछिका मूल्याङ्कन/मापन लगायतका विषय बारेमा छलफल गर्न प्यानल छलफल आयोजना गरिएको थियो । विज्ञहरुले हाल नेपालमा सबैको पहुँचमा पेट (पीईटी) स्क्यान नरहेको अवस्थामा विकल्पका रुपमा पूर्ण शरीरको एमआरआइ गर्न सकिने र यसले रोग पहिचान समयमानै गर्न सहयोग पु¥याउन सक्ने अनुभव साटेका छन् ।

सही समयमानै रोगको पहिचान गर्न सक्नु नै रेडियोलिष्टहरुको प्रमुख उद्देश्य रहने भएकाले यस किसिमको छलफल र कार्यक्रमहरु उपयोगी रहेको सहभागीहरुको प्रतिक्रिया छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *