बागमतीमाथि प्रदेश दुईको सहज जित

काठमाडौँमा जारी यू-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश दुईले दोस्रो जित निकालेको छ । प्रदेश २ ले बागमतीलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको बागमती प्रदेशले ४९.३ ओभरमा अलआउट हुँदै २५३ रन बनाएको थियो । जवाफमा उक्त लक्ष्य प्रदेश दुईले ४१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

प्रदेश दुईका लागि ओपनर सन्तोष कार्कीले ११५ बलमा १४ चौका र ३ छक्काको सहयोगमा १११ रनको शतकीय इनिङ खेले । त्यस्तै कप्तान विवेक यादवले ८६ रनको अविजित इनिङ खेले ।

थप दोहोरो स्कोरका रुपमा रोहन विकेको २६ रन रह्यो । कप्तान यादवलाई सन्नी साहले ९ रनमा अविजित साथ दिए । बागमतीका तिलक भण्डारीले २ विकेट लिँदा प्रतिश जिसी र प्रसान्त महतले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको बागमती प्रदेशका लागि विपिन साहीले ५९ रन बनाउँदा स्वपनिरल अधिकारीले ८५ रन बनाए । त्यस्तै फरिद खान र विवेक मगरले समान ११-११ रन बनाए । प्रदेश दुईका पुरज ढुंगेलले ३ विकेट लिए भने प्रदिप पासवान, विवेक यादव र गुल्सन झा र अजय यादवका नाममा समान १-१ विकेट रह्यो ।

जारी प्रतियोगितामा यसअघिको आफ्नो पहिलो खेलमा प्रदेश दुईले सुदूरपश्चिमसँग २ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा प्रदेश १ सँग ७ विकेटले हारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *