सहमतिमै पदाधिकारी टुङ्ग्याउँछौँ : पौडेल
२०७८ मंसिर १२ गते

चितवन । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले पदाधिकारी सहमतिमै टुङ्गिने बताएका छन् ।
चितवनको सौराहास्थित पार्क सफारीमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘राम्रो हुँदैछ । सहमति हुँदैछ । सहमतिमै टुङ्ग्याउँछौँ ।’
अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कोर टीमसँग पार्कसफारी होटलमा छलफल गरिरहेका छन् ।
२०७८ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित








