यूएईसँग पराजित हुँदै बाहिरियो नेपाल, यूएई ग्लोबल छनोटमा

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग पराजित भएको छ । विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन जित्नैपर्ने खेलमा नेपाल ४८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगितामा अपराजित रहँदै यूएईले भने ग्लोबल छनोटमा स्थान बनायो ।

टस हारेर पहिलो ब्याटिङ गरेको यूएईले नेपालसामु १२८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपाल १९.४ ओभरमा ७९ रन जोड्दा अलआउट भयो ।

नेपालका लागि ओपनर इन्दु बर्माले १५ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो । त्यस्तै सिता राना मगरले १३ रन जोड्दा अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।

यूएईका लागि समरा धरनिधर्काले ४ विकेट लिइन् । त्यस्तै चामनी सेनेभिरत्ना र खुसी शर्माले २-२ विकेट लिए । थप एक विकेट चया मुघलको नाममा रह्यो ।

यसअघि दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएईले राम्रो प्रदर्शन गर्दै नेपाललाई १२८ रनको लक्ष्य दिएको थियो ।

यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२७ रन बनायो । उसका लागि चमानी सेनेभिरत्नाले ५२ रनको अर्धसतकीय इनिङ खेलिन् । उनले ३६ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेलिन् । थेर्था सतिशाले ४७ रनको योगदान दिइन् । उनले ४६ बलमा ३ चौका प्रहार गरिन् । अर्की ओपनर इशा ओझा भने ४ रनमानै कविता कुंवरको बलमा बोल्ड भएकी थिइन् । त्यस्तै काभिसा गोगेले २२ रनमा आउट भइन् । दोस्रो विकेटका लागि ओपनर थेर्था सतिश र गोडागाले ५८ रनको साझेदारी गरेका थिए । त्यस्तै सतिशले तेस्रो विकेटका लागि चमानि सेनेभिरतनासँग ४९ रनको साझेदारी गरिन् ।

नेपालका लागि किवता कुंवरले दुई विकेट लिँदा सबनम राई, सिता राना मगर र संगिता राइले समान १-१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *