नेपालसामु यूएईको १२८ रनको लक्ष्य

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालविरुद्ध यूएईले १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिलो ब्याटिङ गरेको युएइले राम्रो प्रदर्शन गर्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२७ रन बनायो । उसका लागि चमानी सेनेभिरत्नाले ३६ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेलिन् । त्यस्तै थेर्था सतिसाले ४७ रनको योगदान दिइन् । उनले ४६ बलमा ३ चौका प्रहार गरिन् । अर्की ओपनर इशा ओझा भने ४ रनमा नै कविता कुंवरको बलमा बोल्ड भएकी थिइन् । त्यस्तै काभिसा गोगेले २२ रनमा आउट भइन् । दोस्रो विकेटका लागि ओपनर थेर्था सतिश र गोडागाले ५८ रनको साझेदारी गरेका थिए । त्यस्तै सतिशले तेस्रो विकेटका लागि चमानी सेनेभिरतनासँग ४९ रनको साझेदारी गरिन् ।

नेपालका लागि किवता कुंवरले दुई विकेट लिँदा सबनम राई, सिता राना मगर र संगिता राइले समान १-१ विकेट लिए ।

नेपालका लागि ग्लोबल छनोटमा पुग्न यूएईलाई कम्तीमा १० रन या १० बल बाँकी हुँदा जित्नुपर्नेछ । ६ टीम सहभागी प्रतियोगितामा शीर्ष एक टीमले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *