नेपाल फर्कियो ‘आँधी तुफान २’ टिम

काठमाडौँ । चलचित्र ‘आँधी तुफान २’ टिम नेपाल फर्किएको छ । दुईवटा गीतको छायांकन सकेर सुटिङ युनिट गोवाबाट नेपाल फर्किएको हो ।

चलचित्रको शीर्ष गीतमा सिवानी मोक्तानको स्वर तथा संगीत सुरेश अधिकारीको रहेको छ । त्यस्तै गोवामै छायाङ्कन भएको गीतमा ओम सुनारको संगीत, दीपेन्द्र खड्का शब्द तथा संगीत रहेको छ ।

मौनता श्रेष्ठको लेखन तथा निर्माण रहको यो चलचित्र ‘आँधी तुफान’ को सिक्वेल हो । चलचित्रलाई निर्देशक मदन घिमिरेले निर्देशन गरेका छन् भने चलचित्रमा सञ्जीत भण्डारी, सञ्जय खतिवडा, ध्रुव दत्त, आरती आचार्य, रिचा थापा, पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, मुकुन्द थापा, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल लगायतको अभिनय छ ।

चलचित्रमा सुरेश अधिकारीको संगीत, प्रेम चुल्ठेको द्वन्द्व, कमल राईको नृत्य निर्देशन तथा रामशरण उप्रेतीको छायाङ्कन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *