सौराहाको ‘लिटिल एम्स्टर्डम’ (फोटो कथा)

चितवन । तपाईँ सौराहा घुम्न आउनु भयो भने यहाँ एउटा छुट्टै खाले रेस्टुरेन्ट भेट्नु हुन्छ । नाम हो,  ‘लिटिल एम्स्टर्डम’ । युरोपेली राष्ट्र नेदरल्यान्डको एउटा शहर एम्स्टर्डमको नामबाट खोलिएको यो रेस्टुरेन्टको कथा बेग्लै छ ।

३२ वर्षीय सन्तोष भट्ट पेसाले वेटर थिए । १८ वर्षको उमेरदेखि सौराहा कै होटेलमा उनले वेटरको काम गरे । जागिरे अवधिमा विभिन्न देशका विभिन्न नागरिकसँग उनको चिनजान र संगत भयो ।

यही क्रममा नेदरल्यान्डका एक जनासँग उनको घनिष्ठता बढ्यो । सन्तोष भन्छन् ‘त्यही साथीको सल्लाह र सहयोगमा ४ वर्ष अघि सौराहा ‘लिटिल एम्स्टर्डम’ खुल्यो ।

कवाडीमा फालिरहेको गाडीमा बनाएको यो रेस्टुरेन्ट नै ग्राहकलाई डोर्‍याउने मुख्य आकर्षण हो । शुरुमा ५ वर्षको लागि जग्गा भाडामा लिएर ७/८ लाखको लागतमा उनले ‘लिटिल एम्स्टर्डम’ शुरु गरे । २ वटा पुराना बस किने, केही एन्टिक बस्तु जोडे र शुरु गरे ।

उनलाई ग्राहकको कमी भएन । सामान्य मूल्यमा नै उनको रेस्टुरेन्टमा खान पाइने र बस्दा अर्कै अनुभूति हुने भएकोले पनि ग्राहकको कमी भएन ।

लकडाउनलाई अपवाद मान्ने हो भने सन्तोष आफ्नो व्यापारमा सन्तुष्ट छन् । अब अर्को १-२ वटा बस किनेर त्यसमा रुमसहितको सेवा दिने उनको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *