अन्तिमका दुई गोलले जोगियो बार्सिलोना

काठमाडौँ । स्पेनिस लालिगामा बार्सिलोना अन्तिम समयका दुई गोलमा जोगिएको छ। शनिबार आफ्नो १४ औँँ खेलमा भिल्लारियललाई ३-१ ले पराजित गर्दा बार्सिलोना निर्धारित समयको २ मिनेट बाँकी हुँदा अग्रता बनाउन सफल भयो। भने अतिरिक्त समयमा थप एक गोल गर्‍यो। पछिल्लो समय लयमा फर्कन सङ्घर्षरत बार्सिलोना जाभिको आगमन सँगै केही समालिएको छ।

जितपछि बार्सिलोना सातौँ स्थानमा उक्लियो। पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा सबै ४ गोल दोस्रो हाफमा सम्भव भयो। फ्रेन्कि डे जोङले ४८ औ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए। तर ७६ औ मिनेटमा भिल्लारियल खेलमा फर्कियो। उसका लागि चुकयुजीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। यद्यपि बार्सिलोना खेल सकिन दुई मिनेट बाँकी हुँदा पुन अग्रता बनाउन सफल भयो।

डच खेलाडी मेम्फि डिपेले ८८ औ मिनेटमा टीमलाई अग्रता दिलाए। बार्सिलोनाका लागि तेस्रो गोल भने अतिरिक्त समयमा फिलिप कोउटिन्होले पेनाल्टी मार्फत सम्भव बनाएका थिए। बार्सिलोनालाई जाभिले समाले यता केही समालिएको छ।

अब अन्तिम चारमा पुग्न ३ अङ्क पछि छ भने शीर्ष स्थान भन्दा ७ अङ्कले बार्सिलोना पछि रहेको छ। जितपछि सातौँ स्थानमा उक्लिएको बार्सिलोनाले १४ खेलबाट २३ अङ्क बनाएको छ। लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ३० अङ्क रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *