इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा लिभरपुल र आर्सनल विजयी भएका छन्। शनिबार भएको खेलमा लिभरपुलले साउथह्याम्टनविरुद्ध ४-० को प्रभावशाली जित निकाल्दा आर्सनलले न्युक्यासलमाथि २-० को जित हात पार्‍यो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटाले दुई गोल गरे।

खेलको दोस्रो मिनेटमा जोटाको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। त्यसपछि ३२ औँ मिनेटमा जोटाकै गोलमा लिभरपुलले अन्तर दुई शून्यमा पुर्‍यायो। ३७ औँ मिनेटमा थिएगो अलकान्त्राले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई तीन गोलको अग्रता दिए। लिभरपुलले ५२ औँ मिनेटमा भान डाइकले चौथो गोल सम्भव बनाए।

जितसँगै लिभरपुलले शीर्ष स्थानको चेल्सीसँगको अन्तर एक अङ्कमा झारेको छ । लिभरपुलको १३ खेलमा २८ अङ्क भएको छ भने शीर्ष स्थानको चेल्सीको २९ अङ्क छ । शनिबार नै भएको अर्को खेलमा आर्सनलले लिगमा सातौँ जित निकालेको छ। शनिबार आर्सनलले आफ्नो घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल युनाईटेडलाई २-० ले पराजित गर्दै आर्सनलले शीर्ष चारको होड बलियो बनायो।

पहिलो हाफमा न्युक्यासल सँग गोलरहित बराबरीमा रोकिएको आर्सनलले दोस्रो हाफमा भने गोलको खडेरी तोडेको थियो। आर्सनलका लागि बुकायो सकाले ५६ औ मिनेटमा नुनो टाभरेसको पासलाई सदुपयोग गरेका थिए। आर्सनले १० मिनेट लगतै अग्रता दोब्बर बनायो। आर्सनलका लागि गाब्रियल मार्टिनेलिले ६६ औँ मिनेटमा अग्रता दोब्बर पारे। जितपछि आर्सनलको चौथो स्थानको वेस्टह्याम समान २३ अङ्क भएपनि पाँचौँ स्थानमा कायम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *