ओलावालेको गोलमा मनाङ विजयी

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीले लगातार दोस्रो जित हात पारेको छ । अफ्रिकी स्ट्राइकर ओलावाले आफिजले खेलको अन्तिम समयमा गरेको गोल निर्णायक हुँदा मनाङले हिमालयन शेर्पालाई १-० ले हरायो । मनाङका लागि आफिजले ८४ औँ मिनेटमा पुजन उपरकोटीको कर्नरमा हेडर मार्फत आकर्षक गोल गरेका थिए ।

खेलमा दुवै टीमले गोलका सुन्दर मौका चुकाए । ४१ औँ मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रीकिक क्रसबारमा लागेर फर्किदा हिमालयन शेर्पा सम्भावित अग्रताबाट चुकेको थियो । यस्तै मनाङका लागि पनि कप्तान अन्जन विष्टका केही प्रयास सफल भएनन् ।

दोस्रो हाफमा पनि मनाङले निरन्तर आक्रमण प्रयास गरेपनि सफल भएन । ५६ औँ मिनेटमा मनाङका लागि विमल रानाले गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए ।

पहिलो चरणको खेलमा मनाङले जावलाखेललाई पराजित गरेको थियो भने शेर्पाले संकटा क्लबसँग बराबरी खेलेको थियो । आजको पहिलो खेलमा च्यासल युथले एपीएफलाई १-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *