कांग्रेस १४ औँ महाधिवेशन

भाइसँग १४ भोटले हारेका महत दाइलाई १० भोटले हराउँदै सभापति चुनिए

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत निर्वाचित भएका छन् । महतले डा. केदार नरसिंह केसीलाई १० मतले हराउँदै सभापति निर्वाचित भएका हुन् ।

महतले ८३३ र केसीले ८२३ मत पाएको निर्वाचन समितिले जनाएको छ । महत यसअघिको अधिवेशनमा जगदीश्वर नरसिंह केसीसँग १४ मतले पराजित भएका थिए । यसपटक उनै महतले डा. केदार नरसिंह केसीलाई १० मतले हराएका हुन् । केदार नरसिंह जगदीश्वर नरसिंहका भाइ हुन् ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समेत रहेका केदार जिल्ला सभापतिमा उठेका थिए । उनीहरू दुबै जना कांग्रेस नेता अर्जुन नरसिंह केसीका भाइ हुन् ।

नुवाकोटमा नेताहरू डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ । आज विजयी भएका महत डा‌‌. महतका भतिजा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *