बागमती प्रदेश सभापतिमा भीमसेनदासको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार काठमाडौँको शान्तिवाटिकामा घोषणा सभा आयोजना गर्दै काँग्रेस नेता भीमसेनदास प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताउँदै प्रधानले सबै नेताहरूसँग नजिक भएर काम गर्न चाहने मान्छे भएको बताए । उनले नेता कृष्ण सिटौलाले समर्थन गरेको उल्लेख गर्दै अरू नेताहरूले पनि समर्थन गर्ने दाबी गरे ।

प्रधानलाई बागमती प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले प्रस्ताव गरेका थिए । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । बागमती प्रदेशको प्रदेश अधिवेशन हेटौँडामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *