बागमतीको लगातार दोस्रो जित

काठमाडौँ । काठमाडौँमा जारी यू-१९ एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । शनिबार मुलपानी मैदानमा भएको खेलमा बागमतीले लुम्बिनी प्रदेश माथि ३ विकेटको जित हात पारेको हो ।

टस हारेर पहिलो ब्याटिङ गर्दै लुम्बिनीले १९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्यो लक्ष्य ४६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्दै बागमतीले जित हात पार्‍यो । बागमतीका कप्तान डेभ खनालले सर्वाधिक ६७ रन बनाउँदा प्रज्वलन थापाले ३४ रन बनाए । त्यस्तै वासिर अहमद ३१ रनमा अविजित रहे । लुम्बिनीका गौतम केसीले ३ विकेट लिएपनि टीमको हार टार्न सकेनन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको बागमतीले ४७ ओभर १ बलमा १९२ रनमा अलआउट भयो । बागमतीका लागि विवेक मगरको ४० रन सर्वाधिक रह्यो । त्यस्तै प्रशान्त महतले ३६ र विपिन साहीले २४ रन बनाए । प्रतियोगितामा लुम्बिनीको यो चौथो खेलमा दोस्रो हार हो भने बागमतीको भने यो तेस्रो खेलमा दोस्रो जित हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *