शनिबार २१३ सङ्क्रमित थपिदा ३२५ कोरोनामुक्त

काठमाडौँ । नेपालमा थप २ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

शनिबार ६ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा २ सय १३ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट ३ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय २१ पुगेको छ । देशभर ३ सय २५ जना निको भएसँगै कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ७ हजार १ सय ५६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *