मोदी नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउन चाहन्छन् : भारतीय नेता शर्मा

काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता जोगीन्दर शर्माले नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकार नेपालमा हिन्दु राष्ट्र र राजतन्त्रलाई पुनर्स्थापना गराउन लागि परेको दाबी गरेका छन् ।

नेकपा एमालेको दशौँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै नेता शर्माले मोदी सरकार सन् २०२५ सम्ममा भारतलाई पनि हिन्दु राष्ट्र बनाउन लागिरहेको दाबी गर्दै मोदी नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गराउन लागि परेको दाबी गरे । आरएसएसको धर्मनिरपेक्षता र लोकतन्त्रका लागि खतराको रूपमा रहेको पनि उनले टिप्पणी गरे ।

उनले अहिलेको भारत सरकारले भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिसमा रहेको आरोप लगाउँदै त्यसतर्फ सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *