कांग्रेस प्रदेश कार्यसमिति सदस्यमा काशीराम अधिकारीको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यमा काशीराम अधिकारीको उम्मेदवारी दिने भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत १६ र १७ मंसिरमा हुने प्रदेश अधिवेशनमा अधिकारीले प्रदेश कार्यसमिति सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।

चितवनको भरतपुर-७ का निवर्तमान सभापतिसमेत भइसकेका अधिकारीसँग नेपाल पत्रकार महासंघ चितवन, नेपाल प्रेस युनियन चितवन, नेपाल शिक्षक संघ चितवन, नेपाल ट्रेड युनियन कांग्रेस चितवन, प्रजातान्त्रिक बिचार समाज चितवन, बिपी चिन्तन प्रतिष्ठान चितवन र नेपाल रेडक्रस सोसाइटीका विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।

‘फरक फरक क्षेत्रका विभिन्न पदमा रहेका सफलता पूर्वक काम गरिसकेको अनुभव रहेकाले नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य पदमा मेरो उम्मेदवारी वाञ्छनीय छ भन्ने ठानी प्रस्तुत भएको छु,’ उनले भने, ‘यहाँहरूको सहयोग, सद्भाव र अमूल्य मतको अपेक्षा गर्दै सहयोगका लागी हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *