गण्डकीको पहिलो जित

काठमाडाैँ । काठमाडौँमा चलिरहेको यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ । कीर्तिपुरमा शनिबार भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै ३ खेलमा पहिलो जित हात पारेको हो ।

कर्णालीले भने लगातार दोस्रो हार भोग्यो । टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २८ ओभरमा ११३ रनमा अलआउट भएको थियो । कर्णालीका प्रकाश जैशीले सर्वाधिक २६ रन बनाए । त्यस्तै रुपक दाहालले २०, अनुज चुनराले २२, सुवास एरले १७ र ओपनर मनिस थापाले ११ रन बनाए । कर्णालीलाई सस्तैमा समेट्न गण्डकीका किरण पौडेलले ३ विकेट लिए । त्यस्तै सुदिप अर्याल र सुवास भण्डारीको नाममा १-१ विकेट रह्यो ।

११४ रनको लक्ष्य गण्डकीले २६ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । गण्डकीका दीपक डुम्रेले सर्वाधिक ३४ र तथा उत्सव श्रेष्ठले २६ रन बनाए । त्यस्तै अर्जुन कुमालले १४ र सुजन गौतमले १३ रन बनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *