इटाली र पोर्चुगलमध्ये कसले गुमाउला विश्वकप ?

काठमाडौँ । २०२२ को कतार विश्वकपका लागि हुने युरोपियन प्लेअफ को ड्र सार्वजनिक गरिएको छ। प्ले अफमा १२ टिमबीच ३ समूहमा विभाजन गरी सेमिफाइनलबाट खेलहरू खेलाइने छ। जहाँ जहाँ पोर्चुगल र इटाली एकै समूहमा रहेपछि कम्तीमा एक टिमले अब विश्वकप गुमाउने पक्का भएको हो।

प्रतियोगिता २४ देखि २९ मार्चसम्म हुने छ। प्लेअफका खेलमा स्कटल्यान्ड र युक्रेन भिड्दा अर्को खेलमा वेल्सले अस्ट्रियाको सामना गर्ने छ। यदि यो खेलमा स्कटल्यान्ड र वेल्स फाइनल पुगेका दुई बिच कार्डीफमा कतार प्रवेशको भिडन्त हुने छ।

वेल्स ६४ वर्षदेखि विश्वकप प्रवेशको प्रतीक्षामा रहँदा २४ वर्षदेखि स्कटल्यान्ड विश्वकपको प्रतीक्षामा छ। क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र युरो च्याम्पियन इटाली अर्को समूहमा रहेका छन्। जहाँ सेमिफाइनलमा पोर्चुगल र टर्की भिड्दा अर्को खेलमा इटाली र नर्दन मेसोडोनियाले प्रतिष्पर्धा गर्ने छन्।

सेमिफाइनलमा पोर्चुगल र इटालीले आ-आफ्नो खेलमा जित निकालेमा फाइनलमा यी दुईबीच प्रतिस्पर्धा हुनेछ। यसको अर्थ पोर्चुगल र इटाली मध्ये एक टिमले विश्वकप गुमाउने पक्का छ।

त्यस्तै रसिया र पोल्यान्ड तथा स्विडेन र चेक रिपब्लिक बिच अर्को सेमिफाइनल हुनेछ । जहाँबाट फाइनलमा पुग्ने दुई टिम बीच कतार प्रवेशका लागि फाइनलमा प्रतिष्पर्धा हुनेछ। समग्रमा चार समूहका फाइनल विजेताले विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *