थप २४२ संक्रमित थपिए, ३०२ निको भए

काठमाडौं । नेपालमा शुक्रबार २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ८ सय २९ पीसीआर परीक्षणका क्रममा २ सय ४२ जना र २ हजार ६ सय १७ एन्टीजेन परीक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १५ हजार ९ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १ हजार ७ सय २२ संक्रमित निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ८७ सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *